काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज अपराह्न ४ः३० बजे बस्ने गरी मन्त्रिपरिषद्को बैठक आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा मुलुकको समसामयिक राजनीतिक तथा प्रशासनिक अवस्था, सरकारका प्राथमिकता प्राप्त कार्यक्रमहरूको कार्यान्वयन, मन्त्रालयगत प्रगति समीक्षा तथा अन्य महत्वपूर्ण नीतिगत विषयमा छलफल हुने बताइएको छ।
सरकारको आगामी कार्यदिशा, सेवा प्रवाहको प्रभावकारिता तथा विभिन्न सार्वजनिक सरोकारका विषयहरू पनि बैठकको एजेन्डामा रहने स्रोतले जनाएको छ।
प्रकाशित मिति: ५ असार २०८३, शुक्रबार













प्रतिक्रिया