काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिकाले अत्यधिक गर्मीका कारण सामुदायिक तथा संस्थागत विद्यालयहरूमा १२ दिन बिदा दिने निर्णय गरेको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमका अनुसार असार ८ देखि १९ गतेसम्म लागू हुने गरी गर्मी र वर्षे बिदा एकमुष्ट मिलाएर विद्यालय बन्द गरिनेछ। यो बिदा विद्यालयको वार्षिक बिदाबाट कट्टा गरिनेछ।

advertisement

पछिल्ला दिनमा बढ्दो गर्मीले विद्यार्थीलाई आवतजावतमा समस्या भएपछि स्वास्थ्य र सुरक्षालाई ध्यानमा राख्दै यो निर्णय गरिएको नगरपालिकाले जनाएको छ। मौसम सामान्य भएपछि विद्यालयहरू पूर्वनिर्धारित तालिकाअनुसार सञ्चालन हुनेछन्।

प्रकाशित मिति: ५ असार २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com