काठमाडाैं। नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमयदर सार्वजनिक गरेको छ।

नयाँ दररेट अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ६२ पैसा र बिक्रीदर १५१ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ६६ पैसा र बिक्रीदर १७३ रुपैयाँ ३४ पैसा कायम हुँदा युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९९ रुपैयाँ ३४ पैसा र बिक्रीदर २०० रुपैयाँ १३ पैसा पुगेको छ। राष्ट्र बैंकका अनुसार स्वीस फ्रयाङ्क एकको खरिददर १८६ रुपैयाँ ७६ पैसा र बिक्रीदर १८७ रुपैयाँ ५० पैसा रहेको छ।

advertisement

अन्य प्रमुख मुद्राहरूको विनिमयदर हेर्दा अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १०६ रुपैयाँ ०४ पैसा तथा क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९ पैसा टोकिएको छ।

सिंगापुर डलर एकको खरिददर ११६ रुपैयाँ ६५ पैसा र बिक्रीदर ११७ रुपैयाँ ११ पैसा रहँदा जापानी येन १० को खरिददर नौ रुपैयाँ ३४ पैसा र बिक्रीदर नौ रुपैयाँ ३८ पैसा कायम भएको छ। छिमेकी देश चीनको चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ २५ पैसा र बिक्रीदर २२ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ।

यसैगरी, वैदेशिक रोजगारीका प्रमुख गन्तव्य मुलुकहरूको मुद्रातर्फ साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ १३ पैसा र बिक्रीदर ४० रुपैयाँ २९ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ५२ पैसा कायम हुँदा संयुक्त अरब इमिरेट्स (युएई) दिराम एकको खरिददर ४१ रुपैयाँ ०१ पैसा र बिक्रीदर ४१ रुपैयाँ १७ पैसा पुगेको छ। यसका साथै थाइ भाट एकको खरिददर चार रुपैयाँ ५८ पैसा र बिक्रीदर चार रुपैयाँ ६० पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित मिति: ६ असार २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com