काठमाडौं । विराटनगरमा आकर्षक इलेक्ट्रोनिक सामान उपहार दिने भन्दै अवैध चिट्ठा सञ्चालन गरेर सर्वसाधारणबाट रकम असुल्ने ३५ वर्षीय सुवास राई पक्राउ परेका छन्।
प्रहरीले ओसियन डिजिटल सोलुसन प्रालिको नाममा चिट्ठा खेलाइरहेको अवस्थामा राईलाई विभिन्न कागजात, ग्राहक विवरण र रसिदसहित नियन्त्रणमा लिएको हो। उनीविरुद्ध चिट्ठा ऐन, २०२५ अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ६ असार २०८३, शनिबार












प्रतिक्रिया