काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो साधारण सदस्य संख्या पाँच लाख नाघेको जनाएको छ।

चितवनमा आइतबारदेखि सुरु हुने पहिलो राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा आयोजित केन्द्रीय समिति बैठकपछि प्रवक्ता मनिष झाले सो जानकारी दिएका हुन्।

advertisement

उनका अनुसार पार्टीको संगठन विभाग र महामन्त्रीबाट प्राप्त विवरणअनुसार हालसम्म सदस्य संख्या पाँच लाखभन्दा बढी पुगेको छ। पार्टी विस्तार देशभर तीव्र गतिमा भइरहेको र ४ हजार ६३ वडामा वडा अधिवेशन सम्पन्न भइसकेको पनि उनले बताए।

ती वडाबाट छनोट भएका प्रतिनिधिहरू जिल्ला, प्रदेश हुँदै केन्द्रीय महाधिवेशनमा सहभागी भएका छन्।

रास्वपाले पहिलो महाधिवेशनमार्फत संगठनलाई थप सुदृढ बनाउने र आगामी राजनीतिक तथा संगठनात्मक कार्यदिशा तय गर्ने तयारी गरेको छ।

प्रकाशित मिति: ६ असार २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com