काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–१७ पकलीबाट प्रहरीले ठूलो परिणाममा लागुऔषध ब्राउन सुगरसहित सासू र बुहारीलाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले स्थानीय ७० वर्षीया सरातुन खातुन र उनकी २० वर्षीया बुहारी सेविका सरदारलाई लागुऔषधसहित पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार सरातुनको घरमा लागुऔषधको कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले उनको घरमा छापा मारेको थियो।

advertisement

जाँच तथा खानतलासीका क्रममा सरातुनले बोकेको कपडाको झोलाभित्र लुकाएर राखेको लागुऔषध फेलापरेको हो। झोलाभित्र २१.५० ग्राम ब्राउन सुगर बरामद गरिएको हो। लागुऔषधसहित सासूबुहारीलाई इलाका प्रहरी कार्यालय पकलीमा राखेर थप अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको सूचना अधिकारी खड्काले जानकारी दिए।

प्रकाशित मिति: ७ असार २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com