तेहरान/वासिङ्टन। लेबनान र इजरायलबीच युद्धविराम सम्झौता लागू भएको २४ घण्टा नबित्दै इरानले रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण होर्मुज जलडमरू बन्द गर्ने घोषणा गरेको छ ।

अमेरिकाले लेबनानमा भएको युद्धविराम सम्झौताको उल्लङ्घन गरेको आरोप लगाउँदै इरानले यो कदम चालेको हो । यसअघि अमेरिका र इरानबीच भएको १४ बुँदे सहमतिमा होर्मुजबाट व्यापारिक जहाजहरूलाई बिनाअवरोध आवतजावत गराउने उल्लेख थियो ।

advertisement

यसैबीच, इरानी विदेश मन्त्रालयले अमेरिकी वार्ताकारहरूसँग प्राविधिक स्तरको वार्ताका लागि टोली स्विट्जरल्यान्ड प्रस्थान गर्ने जनाएको छ । पाकिस्तान र कतारी मध्यस्थकर्ताहरू पनि उक्त वार्तामा सहभागी हुने छन् ।

पाकिस्तानी गृहमन्त्री मोहसिन नक्वीले शनिबार तेहरानमा इरानी विदेशमन्त्री अब्बास अरघचीसँग भेटवार्ता गरेका थिए । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले वार्ता आइतबारदेखि सुरु हुन सक्ने र संवाद सकारात्मक रहेको दाबी गरेका छन् ।

तर, लेबनानमा युद्धविराम सम्झौता भए पनि इजरायली आक्रमण र हिजबुल्लाहको प्रत्याक्रमण जारी रहेको छ । शुक्रबार र शनिबार दक्षिणी लेबनानमा भएको आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु भएको लेबनानी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो घटनाक्रमले मध्यपूर्वी शान्ति प्रक्रियालाई थप जटिल बनाएको छ ।

प्रकाशित मिति: ७ असार २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com