काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहलाई पार्टीले काम गर्ने बल दिएको र अब गोल हान्ने जिम्मा शाहको भएको बताएका छन् ।

आइतबार चितवनमा सुरु भएको पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै लामिछानेले निर्वाचनअघि शाहसँग भएको सहमति अक्षरशः पालना गरिने प्रतिबद्धता जनाए ।

advertisement

‘रास्वपाले बालेन्द्र शाहको खुट्टामा बल पुर्‍याएको छ,’ सभापति लामिछानेले भने, ‘भटाभट गोल हान्ने जिम्मा उहाँको हो । झुक्किएर बल मेरो खुट्टामा आएछ भने पास गर्ने जिम्मा मेरो हो ।’

उनले पार्टीभित्र असन्तुष्टिबारे बाहिर आएका हल्लालाई चिर्न पनि यस्तो बताएको उल्लेख गरे । लामिछानेले महाधिवेशनलाई पार्टीको विचार, संगठन र नीतिगत स्पष्टताका लागि महत्वपूर्ण अवसरको रूपमा उपयोग गर्नुपर्ने बताए ।

महाधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई सम्बोधन गर्दै उनले पार्टीभित्र गुटउपगुटको राजनीति नगर्न र एकजुट भएर अगाडि बढ्न आग्रह गरे ।

प्रकाशित मिति: ७ असार २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com