काठमाडौं। काठमाडौंको चन्द्रागिरि नगरपालिका मा रेबिज सङ्क्रमणका कारण ४८ वर्षीय एक पुरुषको मृत्यु भएको छ।

केही साताअघि कुकुरले टोकेपछि रेबिजविरुद्धको प्रतिरोधात्मक खोप नलगाएका ती पुरुषमा पछि रेबिजको सङ्क्रमण पुष्टि भएको थियो। स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल मा भर्ना गरिएको थियो। उपचारकै क्रममा शनिबार उनको मृत्यु भएको अस्पतालले जनाएको छ।

advertisement

अस्पतालका सूचना अधिकारी समीरकुमार अधिकारीका अनुसार प्रारम्भिक टोकाइपछि आवश्यक खोप नलगाएकै कारण सङ्क्रमण गम्भीर बनेको हो।

उनले भने, ‘पहिलो पटक कुकुरले टोकेपछि खोप लगाइएको देखिएन। रेबिज विकसित भइसकेपछि मात्र अस्पताल ल्याइएको थियो, उपचारका क्रममा शनिबार उहाँको निधन भयो।’

प्रकाशित मिति: ८ असार २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com