काठमाडौं । इन्डोनेसियाको जाभा प्रान्तमा अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन्।
खोज तथा उद्धार अधिकारीहरूका अनुसार बनजारनेगारा क्षेत्रमा गएको पहिरोमा चार जनाले ज्यान गुमाएका हुन्। बेपत्ताहरूको खोजी तथा उद्धार कार्य जारी छ।
लगातारको वर्षा र माथिल्लो क्षेत्रबाट आएको पानीको बहावका कारण सिलाकाप क्षेत्रमा शनिबार नदीको तटबन्ध भत्किएपछि बाढी आएको थियो। बाढीले सयौँ घर डुबानमा पारेको छ भने एक हजारभन्दा बढी स्थानीय बासिन्दा प्रभावित भएका छन्।
स्थानीय सञ्चारमाध्यमका अनुसार प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य तीव्र पारिएको छ। उद्धार टोलीले बेपत्ताहरूको खोजी गरिरहेको छ भने भत्किएको तटबन्ध अस्थायी रूपमा मर्मत गर्ने, बालुवाका बोरा राख्ने र प्रभावितलाई खाद्यान्न वितरण गर्ने काम भइरहेको छ।
स्थानीय सरकारी निकायले प्रभावित नागरिकलाई राहत तथा आवश्यक आधारभूत सुविधा उपलब्ध गराउन विभिन्न टोली परिचालन गरेका छन्।
प्रकाशित मिति: १३ मंसिर २०८३, आइतबार














प्रतिक्रिया