धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले र तातो लहरको प्रभाव बढेपछि क्षेत्रभित्रका सबै विद्यालय चार दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।

उपमहानगरपालिकाका शिक्षा अधिकृत जयराज जैशीले सोमबार सूचना जारी गर्दै बढ्दो तापक्रमका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने जोखिमलाई ध्यानमा राखेर बिदा दिने निर्णय गरिएको जानकारी दिएका छन्।

advertisement

जारी सूचनाअनुसार धनगढी उपमहानगरपालिका अन्तर्गत सञ्चालनमा रहेका सबै सामुदायिक तथा संस्थागत (निजी) विद्यालयहरू असार ९ गतेदेखि १२ गतेसम्म बन्द रहनेछन्।

पछिल्ला केही दिनयता धनगढीसहित आसपासका क्षेत्रमा तापक्रम निरन्तर बढ्दै गएको छ। अधिकतम तापक्रम ४० डिग्री सेल्सियसको हाराहारीमा पुगेपछि जनजीवन प्रभावित बनेको छ भने विशेषगरी विद्यालय जाने बालबालिकाको स्वास्थ्य सुरक्षाप्रति चिन्ता बढेको छ।

उपमहानगरपालिकाले चर्को गर्मीबाट विद्यार्थीहरूलाई हुन सक्ने स्वास्थ्य जोखिम न्यूनीकरण गर्ने उद्देश्यले अस्थायी रूपमा पठनपाठन स्थगित गर्ने निर्णय गरेको जनाएको छ।

प्रकाशित मिति: ८ असार २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com