काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि असार २२ गते खेलाडी अक्सन हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले एनपीएल खेल्ने टोलीहरूले रिलिज र रिटेन गरेका खेलाडीहरूको विवरण सार्वजनिक गर्दै यो जानकारी दिएको हो ।
क्यानले जारी गरेको सूचनाअनुसार अक्सन प्रक्रिया तयारीका लागि टोलीहरूले आफ्नो रुचिका खेलाडी रिटेन गरेका छन् भने केहीलाई रिलिज गरेका छन् । यसले तेस्रो सिजनको तयारीलाई थप गति दिएको छ ।
एनपीएलको तेस्रो संस्करणलाई थप प्रतिस्पर्धात्मक र आकर्षक बनाउने लक्ष्यका साथ क्यानले अक्सनलाई मुख्य कार्यक्रम बनाएको छ ।

प्रकाशित मिति: ८ असार २०८३, सोमबार













प्रतिक्रिया