काठमाडौं । एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेपछि एमाले सचिव महेश बस्नेतले यसलाई प्रतिशोधपूर्ण कदमको संज्ञा दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले फरक राजनीतिक विचार राख्ने नेतृत्वमाथि गरिएको यस्तो कारबाही लोकतान्त्रिक मूल्य र राजनीतिक स्वतन्त्रतामाथिको आक्रमण भएको बताएका छन्।
बस्नेतले ‘कुखुरा मर्यो भन्दा पनि स्याल पल्कियो’ भन्ने चेतका साथ यस्ता प्रवृत्तिको प्रतिवाद गर्नुपर्ने उल्लेख गर्दै कानुनी राज्यमा तथ्य र प्रमाणको निष्पक्ष परीक्षणपछि मात्र कारबाही अघि बढ्नुपर्ने धारणा राखेका छन्। उनले यो विषयलाई केवल एक व्यक्तिको मुद्दा नभई विधिको शासन र लोकतान्त्रिक अधिकारसँग जोडिएको विषयका रूपमा बुझ्न एमाले कार्यकर्तालाई आग्रह गरेका छन्।
प्रकाशित मिति: ८ असार २०८३, सोमबार












प्रतिक्रिया