काठमाडौं । नवलपुर  पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१० पितौजीमा सोमबार साँझ इभी हाइस दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ।

प्रहरीका अनुसार पोखराबाट कपिलवस्तुको कृष्णनगरतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०३ च १२०५ नम्बरको विद्युतीय सवारी (इभी) हाइस अनियन्त्रित भई सडकमा पल्टिएको हो। दुर्घटनापछि सशस्त्र प्रहरी बलको टोली तत्काल घटनास्थल पुगेर उद्धारकार्य गरेको थियो।

advertisement

घाइतेहरूलाई उपचारका लागि चितवन मेडिकल कलेज, भरतपुर पठाइएको छ। घाइतेमध्ये कपिलवस्तु कृष्णनगर नगरपालिका–२ की २७ वर्षीया श्रद्धा अग्रवाल र १५ महिनाका नौसद रिसिङ अग्रवालको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

अन्य घाइतेहरूमा चालक कपिलवस्तु मायादेवी गाउँपालिका–२ का २४ वर्षीय विष्णु घर्ती, कृष्णनगर नगरपालिका–२ का २६ वर्षीय ऋषभ अग्रवाल, २५ वर्षीया रिद्धिसिंह सिंहनिया, २३ वर्षीया सेरी सिंह, २७ वर्षीया शिवानी अग्रवाल र ३१ वर्षीय अरविन्द अग्रवाल रहेका छन्।

दुर्घटनाग्रस्त सवारीसाधन नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ८ असार २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com