काठमाडौं । नेकपा (एमाले) ले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ प्रकरणबारे छलफल गर्न मंगलबार एकै दिन संसदीय दल र सचिवालय बैठक बोलाएको छ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा सोमबार सुर्खेतबाट पौडेल पक्राउ परेपछि विकसित राजनीतिक परिस्थितिबारे धारणा तय गर्न एमालेले दुई छुट्टाछुट्टै बैठक आह्वान गरेको हो।

advertisement

एमाले संसदीय दलको बैठक मंगलबार दिउँसो २ बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ। प्रतिनिधिसभाका प्रमुख सचेतक ऐन महरका अनुसार बैठकमा समसामयिक राजनीतिक घटनाक्रमसँगै उपाध्यक्ष पौडेल पक्राउ प्रकरणबारे विस्तृत छलफल हुनेछ।

त्यसैगरी, पार्टीले मंगलबार साँझ ६ बजे सचिवालय बैठक पनि बोलाएको छ। अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बस्ने बैठकमा पछिल्लो राजनीतिक अवस्था, सरकारको कदम तथा पौडेल पक्राउ प्रकरणका विषयमा पार्टीको आधिकारिक धारणा तय गर्ने तयारी रहेको एमाले स्रोतले जनाएको छ।

पौडेलको पक्राउपछि एमालेभित्र राजनीतिक तथा कानुनी पक्षबारे गहन छलफल सुरु भएको छ। यस विषयमा पार्टीले आगामी रणनीति र धारणा तय गर्न दुवै बैठकलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।

प्रकाशित मिति: ९ असार २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com