काठमाडौं। नेपाली फिल्म आई एम जित बहादुर को भावनात्मक गीत ‘तिमी नभए’ सार्वजनिक गरिएको छ। दर्शकको अत्यधिक मागपछि निर्माण टिमले उक्त गीत रिलिज गरेको हो।

फिल्म प्रदर्शनकै क्रममा दर्शकहरूले गीतको भिडियो तथा पूर्ण ट्र्याक सार्वजनिक गर्न निरन्तर माग गरेका थिए। सामाजिक सञ्जालमा “गीत कहिले आउँछ?” भन्ने प्रश्न र प्रतिक्रियाहरू बढेपछि निर्माण टिमले गीत सार्वजनिक गर्ने निर्णय गरेको जनाएको छ।

advertisement

शिशिर ठटाल र अन्वेषा दत्ताको स्वर रहेको यो गीत फिल्मको एक मार्मिक दृश्यसँग जोडिएको छ। गीतमा प्रेम, समर्पण, वियोग र सम्झनाका भाव समेटिएका छन्। “तिमी नभए ममा के बाँकी रहन्छ र?” जस्ता शब्दले श्रोताको मन छुन्छ।

असार ५ गतेदेखि देशभर प्रदर्शनमा आएको आई एम जित बहादुर ले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। निर्माण टिमका अनुसार दर्शकको माया र साथ नै उनीहरूको लागि सबैभन्दा ठूलो प्रेरणा हो।

गीत हेर्नुहोस् :

 

प्रकाशित मिति: ९ असार २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com