काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलमाथि भइरहेको सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि हिरासत म्याद थप गर्ने विषयमा विशेष अदालतमा बहस भएको छ।

पौडेलको तर्फबाट बहस गर्दै पूर्वमहान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता रमेश बडालले उनलाई थुनामा नराखी अनुसन्धान प्रक्रिया अघि बढाउन आग्रह गरेका छन्। उनले पौडेल फरार हुने कुनै सम्भावना नरहेको जिकिर गर्दै हिरासतमा राख्नुपर्ने पर्याप्त आधार नभएको तर्क प्रस्तुत गरे।

advertisement

बहसका क्रममा बडालले पौडेल पार्टीको पूर्वनिर्धारित कार्यक्रमअनुसार सार्वजनिक गतिविधिमा संलग्न रहेको अवस्थामा अचानक पक्राउ गरिएको विषयमा प्रश्न उठाए। आवश्यक परे बोलाएर बयान लिन सकिने अवस्था हुँदाहुँदै पक्राउ गर्नु उचित नदेखिएको उनको भनाइ थियो।

‘उहाँ सार्वजनिक रूपमा पार्टीको कार्यक्रममै सहभागी हुनुहुन्थ्यो। अनुसन्धानका लागि बोलाएको भए स्वेच्छाले उपस्थित हुने अवस्था थियो। त्यसैले हिरासतमा राख्नुको सट्टा बाहिरै राखेर अनुसन्धान अघि बढाउन सकिन्छ,’ बडालले इजलाससमक्ष तर्क गरे।

यता, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भने अनुसन्धानलाई प्रभावकारी बनाउन पौडेललाई हिरासतमा राख्न आवश्यक रहेको दाबी गर्दै २० दिनको म्याद थपका लागि अदालतसँग अनुमति मागेको छ।

विशेष अदालतमा सरकारी पक्ष र प्रतिवादी पक्षबीचको बहस जारी रहेकाले म्याद थपसम्बन्धी निर्णय इजलासको आदेशपछि मात्रै टुंगो लाग्नेछ।

प्रकाशित मिति: ९ असार २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com