चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र जारी रहेको छ। आइतबारदेखि चितवनमा सुरु भएको महाधिवेशनमा मंगलबारबाट बन्दसत्रको औपचारिक कार्यसूची अगाडि बढाइएको हो।
बन्दसत्र चलिरहेकै क्रममा प्रधानमन्त्री बालेन शाह महाधिवेशनस्थल पुगेका छन्। बन्दसत्रको प्रारम्भिक चरणमा उनी उपस्थित नभए पनि कार्यक्रम जारी रहँदा सहभागिता जनाएका हुन्।
रास्वपाको महाधिवेशनमा पार्टीको आगामी नेतृत्व, संगठनात्मक संरचना, नीति तथा भावी कार्यदिशाबारे छलफल भइरहेको छ। बन्दसत्रमा देशभरबाट आएका प्रतिनिधिहरूको सहभागिता रहेको छ।
प्रधानमन्त्री शाहको उपस्थितिलाई महाधिवेशनको महत्वपूर्ण घटनाक्रमका रूपमा हेरिएको छ। बन्दसत्रमा पार्टीका समसामयिक राजनीतिक एजेन्डा तथा संगठन सुदृढीकरणका विषयमा समेत छलफल जारी रहेको बताइएको छ।
प्रकाशित मिति: ९ असार २०८३, मंगलबार













प्रतिक्रिया