काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा प्रस्तुत गरिने पाँच प्रतिवेदनमध्ये हालसम्म दुई वटा प्रतिवेदन प्रस्तुत गरिएको छ। वरिष्ठ नेता बालेन्द्र शाह समयमै नपुगेपछि महामन्त्री कवीन्द्र बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन प्रस्तुत गरेका थिए। त्यसपछि उपसभापति डा. स्वर्णिम वाग्लेले प्रतिनिधिहरूलाई सम्बोधन गरेका थिए भने बालेन्द्र शाह महाधिवेशनस्थल पुगेपछि सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्न थालेका छन्।

महाधिवेशनमा कोषाध्यक्ष लिमा अधिकारीको आर्थिक प्रतिवेदनसहित निर्वाचन आयोग र अनुशासन आयोगका प्रतिवेदन पनि प्रस्तुत गरिनेछन्। समय अभाव तथा डिजिटल मतदानको तयारीलाई ध्यानमा राख्दै रास्वपाले आजै सबै प्रतिवेदन पारित गर्ने तयारी गरेको जनाएको छ।

advertisement

प्रकाशित मिति: ९ असार २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com