काठमाडौं । दोलखाको भीमेश्वर नगरपालिका–६ स्थित भुतपोखरीमा मंगलबार कार दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। कालिञ्चोक मन्दिरको दर्शन गरी चरिकोटतर्फ फर्किरहेको बा १५ च १४९२ नम्बरको कार ब्रेक फेल भई अनियन्त्रित हुँदा सडकबाट करिब १३ मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा काठमाडौं शंकरापुरका पाँच जना र एक जना सुनिता तामाङ घाइते भएका छन्। उनीहरूको च्छोरोल्पा अस्पताल, चरिकोटमा उपचार भइरहेको छ। कार चालक २१ वर्षीय निरज तामाङलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ९ असार २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com