काठमाडौं । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा सभापति रवि लामिछानेले पार्टीको वैचारिक आधार सामाजिक लोकतन्त्र रहेको स्पष्ट पारेका छन्।
राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उनले रास्वपा परम्परागत वामपन्थी वा दक्षिणपन्थी धारमा सीमित नभएको बताए। लामिछानेका अनुसार पार्टीले कठोर वैचारिक घेराभन्दा व्यवहारिक, विवेकसम्मत र यथार्थमा आधारित नीतिलाई प्राथमिकता दिन्छ।
उनले पुराना राजनीतिक विचारधाराहरूको ऐतिहासिक योगदानलाई सम्मान गरिने भए पनि तिनको मूल्याङ्कन सामाजिक न्याय र व्यवहारिक उपयोगिताका आधारमा गरिने उल्लेख गरेका छन्।
प्रकाशित मिति: ९ असार २०८३, मंगलबार













प्रतिक्रिया