काठमाडौं । भरतपुरस्थित लर्ड्स बिजनेस कम्प्लेक्स होटललाई जिल्ला प्रशासन कार्यालय चितवनले ३ लाख रुपैयाँ जरिवाना गरेको छ।
गृहमन्त्री सुधन गुरुङले खाएको अमलेटमा माछाको काँडा भेटिएको घटनापछि गरिएको आकस्मिक अनुगमनका क्रममा होटलले गुणस्तरहीन खाने तेल प्रयोग गरेको, बासी तरकारी प्रयोग गरेको तथा उपभोक्ताको स्वास्थ्यमा असर पर्ने खालको खाना दिएको पाइएको प्रशासनले जनाएको छ।
उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही गर्दै प्रशासनले उक्त होटललाई जरिवाना गर्नुका साथै अखाद्य सामग्री नष्ट गर्न पनि निर्देशन दिएको छ।
प्रकाशित मिति: ९ असार २०८३, मंगलबार













प्रतिक्रिया