बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३ अर्ब ८५ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

उपमहानगरपालिकाको १९औँ नगरसभामा उपप्रमुख सावित्रादेवी अर्यालले बजेट प्रस्तुत गर्दै विकास, सेवा प्रवाह र पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखिएको बताइन्।

advertisement

‘समानता, स्वाभिमान र अवसर– बस्नयोग्य बुटवल शहर’ भन्ने मूल नारालाई आत्मसात् गर्दै ल्याइएको बजेटमा चालुतर्फ ५२ प्रतिशत र पुँजीगततर्फ ४८ प्रतिशत रकम विनियोजन गरिएको छ।

उपमहानगरले आगामी वर्षका लागि समावेशी विकास, शहरी पूर्वाधार सुदृढीकरण, सामाजिक सेवा विस्तार तथा आर्थिक गतिविधि प्रवर्द्धनलाई केन्द्रमा राखेर बजेट तर्जुमा गरेको जनाएको छ।

चालु आर्थिक वर्ष २०८२/८३ का लागि बुटवल उपमहानगरपालिकाले ३ अर्ब ९९ करोड २२ लाख २१ हजार २ सय रुपैयाँको बजेट ल्याएको थियो। आगामी वर्षको बजेट भने चालु वर्षको तुलनामा केही घटाइएको देखिएको छ।

प्रकाशित मिति: १० असार २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com