काठमाडौं । सामाजिक सञ्जालमा महिलाको अश्लील तस्बिर र भिडियो दुरुपयोग गरी चरित्रहत्या गरेको आरोपमा रौतहटका १९ वर्षीय विज्ञान शर्मा तिमल्सिना पक्राउ परेका छन्।

पीडित महिलाको उजुरीपछि नेपाल प्रहरीको साइबर ब्यूरोले गरेको अनुसन्धानका क्रममा तिमल्सिनालाई काठमाडौँबाट पक्राउ गरिएको हो। उनीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरी काठमाडौँ जिल्ला अदालतबाट चार दिनको म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

advertisement

प्रहरीले सामाजिक सञ्जाल र डिजिटल माध्यमको दुरुपयोग गरी गोपनीयता उल्लङ्घन, अश्लील सामग्री प्रसारण तथा चरित्रहत्या गर्ने कार्य कानुनअनुसार दण्डनीय अपराध भएको भन्दै यस्ता गतिविधिमा संलग्न नहुन आग्रह गरेको छ।

प्रकाशित मिति: १० असार २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com