चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी भएका पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) काठमाडौं फर्किएका छन्।

चितवनमा जारी महाधिवेशनबाट प्रधानमन्त्री शाह राजधानी फर्किएपछि रास्वपाका प्रवक्ता मनिष झाले उनले पार्टी र देशप्रतिको आफ्नो जिम्मेवारीबीच सन्तुलन कायम गर्दै प्रतिबद्धता पूरा गरेको बताएका छन्।

advertisement

बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै झाले प्रधानमन्त्री शाह देशको कामकाज र जिम्मेवारीलाई प्राथमिकता दिन काठमाडौं फर्किएको बताए। उनका अनुसार उद्घाटन समारोहकै क्रममा शाहले महाधिवेशनका लागि तीन दिन समय छुट्याएको र त्यसपछि आफ्नो ध्यान राष्ट्रिय जिम्मेवारीमा केन्द्रित हुने बताएका थिए।

‘उहाँलाई देशको चिन्ता र जिम्मेवारी दुवै छ। महाधिवेशनका लागि छुट्याएको समय पूरा गरेपछि उहाँ काठमाडौं फर्किनुभएको हो,’ झाले भने।

उनले प्रधानमन्त्री शाहले महाधिवेशनमा तीन दिन सक्रिय सहभागिता जनाएर आफूले व्यक्त गरेको प्रतिबद्धता पूरा गरेको पनि उल्लेख गरे। सुरुमा उनको उपस्थितिबारे विभिन्न अड्कलबाजी र अन्योल रहे पनि उद्घाटनदेखि तीन दिनसम्मको सहभागिताले ती सबै जिज्ञासाको जवाफ दिएको झाको भनाइ थियो।

‘उहाँ महाधिवेशनमा आउनुहुन्छ कि आउनुहुन्न भन्ने प्रश्न धेरैले उठाएका थिए। हामीभित्र पनि केही अन्योल थियो। तर उहाँले उद्घाटनदेखि निरन्तर तीन दिनसम्म सहभागिता जनाएर आफ्नो वचन पूरा गर्नुभयो,’ उनले बताए।

प्रकाशित मिति: १० असार २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com