काठमाडौं । उच्च अदालत पाटनले १३ करोड रुपैयाँभन्दा बढी ऋण रकम दुरुपयोग गरेको तथा बैंकिङ कसुर गरेको अभियोगमा जानकी हेल्थ फाउन्डेसनका अध्यक्ष ओमप्रसाद पाण्डेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।

न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र कविप्रसाद न्यौपानेको इजलासले पाण्डेमाथि लागेको आरोपको प्रारम्भिक आधार देखिएको भन्दै मुद्दाको अन्तिम टुंगो नलागेसम्म थुनामा राख्न आदेश दिएको हो। अनुसन्धानका क्रममा उनले प्रभु बैंकबाट कृषि संस्थाका नाममा लिएको १३ करोड रुपैयाँ ऋण तोकिएको प्रयोजनमा प्रयोग नगरी अन्य संस्थामा स्थानान्तरण गरी दुरुपयोग गरेको खुलेको छ। अदालतले कारागार प्रशासनलाई उनको स्वास्थ्य अवस्थालाई ध्यानमा राखी आवश्यक उपचारको व्यवस्था गर्न समेत निर्देशन दिएको छ।

advertisement

प्रकाशित मिति: १० असार २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com