विराटनगर । अङ्गीकृत नेपाली नागरिकता प्राप्तिका लागि झुटो विवरणको आधारमा सिफारिस गरेको आरोपमा मोरङको रंगेली नगरपालिका–५ का वडा अध्यक्ष र एक वडा सदस्य पक्राउ परेका छन्।

पक्राउ पर्नेमा वडा अध्यक्ष ५५ वर्षीय महानन्द मण्डल र वडा सदस्य ४६ वर्षीय गणेश ऋषिदेव रहेका छन्। उनीहरूलाई बिहीबार प्रहरीले नियन्त्रणमा लिएको हो।

advertisement

प्रहरीका अनुसार रंगेली–५ निवासी मनुवा कुमार महतोले अधनुनिया महतोलाई आफ्नी आमा भएको दाबी गर्दै नागरिकता प्रक्रियाका लागि गलत विवरण पेश गरेका थिए। सोही विवरणलाई आधार बनाएर वडा अध्यक्ष मण्डल र वडा सदस्य ऋषिदेवले अङ्गीकृत नेपाली नागरिकताका लागि सर्जमिन मुचुल्का तथा सिफारिस उपलब्ध गराएको आरोप छ।

नागरिकता सिफारिसका क्रममा झुटो विवरण प्रयोग भएको तथ्य खुलेपछि जिल्ला प्रशासन कार्यालय मोरङले आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित कागजातसहित उनीहरूलाई प्रहरीको जिम्मा लगाएको थियो।

जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) मकेन्द्रकुमार मिश्रका अनुसार पक्राउ परेका दुवै जनामाथि नागरिकता सिफारिस प्रक्रियामा भएको अनियमिततासम्बन्धी थप अनुसन्धान भइरहेको छ।

प्रहरीले घटनासँग सम्बन्धित अन्य व्यक्तिहरूको भूमिकाबारे समेत अनुसन्धान अघि बढाइएको जनाएको छ।

प्रकाशित मिति: ११ असार २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com