काठमाडौं । भारततर्फ चिया निर्यातमा देखिएको समस्याका कारण बन्द रहेका झापा र इलामका चिया उद्योग आजदेखि पुनः सञ्चालनमा आएका छन्।
नेपाल चिया उत्पादक सङ्घले सरकारबाट समस्या समाधानका लागि सकारात्मक पहल र विशेष कार्यदल गठनको आश्वासन पाएपछि आन्दोलनका कार्यक्रम स्थगित गर्दै उद्योग सञ्चालनमा ल्याउने निर्णय गरेको जनाएको छ। भारतीय चिया बोर्डको नयाँ एसओपीका कारण निर्यातमा अवरोध उत्पन्न भएपछि उद्योगहरू बन्द भएका थिए।
प्रकाशित मिति: ११ असार २०८३, बिहिबार













प्रतिक्रिया