काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी अजेय सुमार्गीको पासपोर्ट रोक्का गरेको छ। विभागले अध्यागमन विभागलाई पत्राचार गर्दै अनुसन्धानका क्रममा उनको पासपोर्ट रोक्का गरेको जनाएको छ।

विभागका अनुसार सुमार्गीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी उजुरीमाथि अनुसन्धान भइरहेको छ। अनुसन्धान पूरा नहुँदासम्म विदेश जान नपाउने सुनिश्चित गर्न पासपोर्ट रोक्का गरिएको बताइएको छ।

advertisement

सुमार्गीमाथि कर उन्मुक्ति हुने मुलुकहरूबाट शंकास्पद रूपमा रकम नेपाल भित्र्याएको आरोप छ। मुक्तिश्री सिमेन्ट र स्याटलाइट टेलिकममा गरिएको वैदेशिक लगानीसम्बन्धी विवाद विगतमा सर्वोच्च अदालतसम्म पुगेको थियो भने पुराना उजुरीमाथि अनुसन्धान अघि बढेसँगै यो कदम चालिएको जनाइएको छ।

प्रकाशित मिति: ११ असार २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com