काठमाडौं । रास्वपाको केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले सर्वाधिक मतसहित निर्वाचित भएका छन्। उनले २६५६ मत प्राप्त गर्दै सबैभन्दा बढी मत ल्याएका हुन्।
रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनको मतगणनामा वाग्ले शीर्ष स्थानमा रहे। उनलाई प्रवास समितिका प्रतिनिधिहरूको सबै मत प्राप्त भएको बताइएको छ।
संशोधित विधानअनुसार रास्वपामा १५८ सदस्यीय केन्द्रीय समिति रहनेछ, जसमध्ये ९९ जना निर्वाचनबाट चयन हुनेछन्।
प्रकाशित मिति: ११ असार २०८३, बिहिबार













प्रतिक्रिया