काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता जगदीश खरेलले पार्टीको महामन्त्री पदका लागि दिएको आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
केन्द्रीय सदस्यमा निर्वाचित भएलगत्तै महामन्त्री पदमा दाबी प्रस्तुत गरेका खरेलले पार्टीभित्रको सहमति र एकताका लागि सल्लाह गरेर नै यो निर्णय लिएको बताएका हुन्।
आफ्नो उम्मेदवारी फिर्ता लिएको जानकारी सामाजिक सञ्जाल फेसबुकमार्फत गराउँदै उनले आफूहरूले अझै लामो बाटो तय गर्न बाँकी रहेको उल्लेख गरेका छन्।
प्रकाशित मिति: १२ असार २०८३, शुक्रबार













प्रतिक्रिया