विराटनगर । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाबीच शुक्रबार विराटनगरमा भेटवार्ता भएको छ।
विराटनगरस्थित कोइराला निवासमा भएको उक्त भेटमा मुलुकको समसामयिक राजनीतिक अवस्था, विकसित घटनाक्रम तथा समसामयिक राष्ट्रिय मुद्दाबारे छलफल भएको डा. कोइरालाको निजी सचिवालयले जनाएको छ।
डा. कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाका अनुसार तीन नेताबीच पछिल्लो राजनीतिक परिस्थितिलगायत विभिन्न राष्ट्रिय विषयमा विचार आदानप्रदान भएको हो।
प्रकाशित मिति: १२ असार २०८३, शुक्रबार













प्रतिक्रिया