चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत शुक्रबार पदाधिकारी चयनका लागि मतदान हुँदैछ। निर्वाचनमा पाँच पदका लागि उम्मेदवारी दर्ता भएसँगै प्रतिस्पर्धाको तस्वीर स्पष्ट भएको छ।
महिला उपसभापति पदका लागि सांसद सोविता गौतम र डा. तोसिमा कार्की आमनेसामने हुने भएका छन्। निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम उम्मेदवार सूचीअनुसार यी दुई नेतृबीच उपसभापति पदका लागि प्रत्यक्ष प्रतिस्पर्धा हुने भएको हो।
पुरुष उपसभापति पदमा भने डा. स्वर्णिम वाग्लेको मात्रै उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएका छन्।
महामन्त्री पदका लागि एक पदमा १० जनाले उम्मेदवारी दिएका छन्। त्यसैगरी, सह–महामन्त्री (खुला) का दुई पदका लागि ११ जनाबीच प्रतिस्पर्धा हुनेछ भने सह–महामन्त्री (महिला) को एक पदका लागि पाँच जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ।
रास्वपाको नेतृत्व चयनका लागि हुने यो निर्वाचनलाई महाधिवेशनकै सबैभन्दा महत्वपूर्ण चरणका रूपमा हेरिएको छ।
प्रकाशित मिति: १२ असार २०८३, शुक्रबार













प्रतिक्रिया