चितवन । महामन्त्रीका आकांक्षी कविन्द्र बुर्लाकोटी, गणेश पराजुली, शिशिर खनाल, जगदिश खरेल र प्रमोद न्यौपानेले विपिन आचार्यलाई समर्थन गर्दै उम्मेदवारी नदिएको र दिएको पनि फिर्ता लिएको बताएका छन् ।

पार्टीको बृहत्तर हित र आन्तरिक एकताका लागि उनीहरुले आचार्यलाई समर्थन गरेको उनीहरुको भनाइ छ ।

advertisement

शुक्रबार चितवनमा बुर्लाकोटी, पराजुली, खनाल, खरेल र न्यौपानेले संयुक्त प्रेसमिट गर्दै महामन्त्रीमा आचार्यलाई समर्थन गर्ने निर्णयमा पुगेको बताएका हुन् ।

‘हामी सवै जनाले संस्थापक सवै साथी एक ठाउमा उभिएर एउटै म्यासेज दिनुपर्छ भनेर एउटै उम्मेदवार प्रस्तुत गरेका हौ’, गणेश पराजुलीले भने, ‘हामी सवैले विपिनलाई समर्थन गर्ने निर्णय गरेका छौ ।’
रास्वपाको महामन्त्री पदमा आचार्यसहित ८ जनाको उम्मेदवारी परेको छ ।

प्रकाशित मिति: १२ असार २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com