काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनबाट कर्णाली प्रदेश भूगोलतर्फको केन्द्रीय सदस्यमा मेनुका शाही सहित पाँच जना निर्वाचित भएका छन्। शाहीले प्रतिनिधिहरूको उल्लेखनीय समर्थन प्राप्त गर्दै केन्द्रीय सदस्यमा विजय हासिल गरेकी हुन्।

सार्वजनिक अन्तिम मतपरिणामअनुसार कर्णाली प्रदेशतर्फ सीता बादीले सर्वाधिक १ हजार ८१३ मत प्राप्त गर्दै निर्वाचित भएकी छन्। त्यसपछि विनिता कठायतले १ हजार ५६० मत प्राप्त गरेकी छन्। यसैगरी, टासी ल्हाङ्गजो १ हजार १८५, मेनुका शाह ८२२ र प्रकाश न्यौपाने ६३४ मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएका छ। रास्वपा निर्वाचन आयोगले उक्त मतपरिणाम सार्वजनिक गरेको हो।

advertisement

दैलेखकी शाही सामाजिक अभियान, सुशासन, पारदर्शिता र जनउत्तरदायी राजनीतिका पक्षमा सक्रिय रहँदै आएकी नेतृ हुन्। शाहीले महाधिवेशनअघि नै लोकतान्त्रिक मूल्य, सक्षम नेतृत्व र सशक्त संगठन निर्माणको प्रतिबद्धतासहित उम्मेदवारी दिएकी थिइन्।

शाहीसहित पाँच जनाको विजयलाई कर्णाली प्रदेशका नेता–कार्यकर्ताले नयाँ पुस्ताको नेतृत्वप्रति विश्वास र सम्मानका रूपमा व्याख्या गरेका छन्। पार्टीको केन्द्रीय तहमा कर्णालीको प्रभावकारी प्रतिनिधित्व गर्दै संगठन विस्तार, जनसरोकारका मुद्दा उठान तथा सुशासनको अभियानलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।

रास्वपाको प्रथम महाधिवेशनले पार्टीको नयाँ केन्द्रीय नेतृत्व चयन गर्दै संगठनलाई संस्थागत र थप व्यवस्थित बनाउने दिशामा महत्वपूर्ण कदम चालेको छ। महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले आगामी दिनमा पार्टीको नीति, संगठन विस्तार र जनमुखी राजनीतिक अभियानलाई अगाडि बढाउने विश्वास व्यक्त गरिएको छ।

प्रकाशित मिति: १२ असार २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com