काठमाडौं । प्रतिनिधिसभाको बैठक पुनः स्थगित भएको छ। शुक्रबारका लागि तय गरिएको बैठक अन्तिम समयमा सूचना टाँस गरी स्थगित गरिएको संघीय संसद् सचिवालयले जनाएको छ।
योसँगै प्रतिनिधिसभा बैठक लगातार तेस्रोपटक स्थगित भएको हो। बैठक स्थगित गर्नुको कारणबारे विस्तृत जानकारी नदिइए पनि संसद् सचिवालयले ‘विशेष कारण’ का कारण बैठक सारिएको जनाएको छ।

प्रकाशित मिति: १२ असार २०८३, शुक्रबार












प्रतिक्रिया