काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि भएको मतदान सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार पदाधिकारी निर्वाचनमा कुल १ हजार २८९ मत खसेको छ।

मतदान सम्पन्न भएसँगै अब मतगणनाको तयारी गरिएको छ। निर्वाचन आयोगले पदाधिकारी निर्वाचनको अन्तिम नतिजा आजै सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।

advertisement

यसअघि सम्पन्न केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खसेको थियो। त्यसको तुलनामा पदाधिकारी निर्वाचनमा १ हजार ६७० मत कम खसेको देखिएको छ। केही प्रतिनिधि पदाधिकारी निर्वाचनअघि नै महाधिवेशनस्थलबाट फर्किएकाले मतदानमा सहभागी हुनेको संख्या उल्लेखनीय रूपमा घटेको निर्वाचन स्रोतले जनाएको छ।

रास्वपाले प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत पाँच पदाधिकारी चयनका लागि निर्वाचन गराएको हो। मतगणना सम्पन्न भएपछि नयाँ पदाधिकारीको औपचारिक घोषणा गरिनेछ।

गत असार ७ गतेदेखि चितवनमा सुरु भएको महाधिवेशन आज नयाँ नेतृत्व चयनसँगै समापन गर्ने तयारी गरिएको छ।

प्रकाशित मिति: १२ असार २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com