काठमाडौं । प्रतिनिधिसभाको बैठक फेरि स्थगित भएको छ। शुक्रबारका लागि तय गरिएको बैठक सूचना टाँस गरेर स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ। अब बैठक शनिबार बिहान ११ बजे बस्ने गरी बोलाइएको छ।
यससँगै प्रतिनिधिसभाको बैठक लगातार तेस्रो पटक स्थगित भएको हो। संसद् सचिवालयका अनुसार ‘विशेष कारण’ देखाउँदै बैठक स्थगित गरिएको हो।
प्रकाशित मिति: १२ असार २०८३, शुक्रबार












प्रतिक्रिया