काठमाडौं। राजेन्द्र लिङ्देनले आवश्यकता अनुसार युवालाई पार्टीले महत्त्व दिएको बताएका छन्। काठमाडौं जिल्ला अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले उमेर मात्र नेतृत्वको आधार नहुने बताएका हुन्।

उनले ३५–३६ वर्ष पुग्दैमा सबै बालेन शाह नहुने टिप्पणी गर्दै अनुभव, क्षमता र नेतृत्वदक्षता पनि उत्तिकै आवश्यक पर्ने बताए।

advertisement

लिङ्देनले भने, “युवा हुनु मात्रै सबै कुरा होइन। ३५–३६ वर्ष पुग्दैमा सबै बालेन शाह हुँदैनन्। त्यसैगरी ८० वर्ष पुग्दैमा सबै डोनाल्ड पनि हुँदैनन्। उमेरभन्दा क्षमता र नेतृत्व महत्वपूर्ण हो।”

उनले विश्वका कतिपय मुलुकमा ९० वर्ष नाघेका व्यक्तिहरूले समेत नेतृत्व गरिरहेको उदाहरण दिँदै उमेरलाई मात्रै आधार बनाएर मूल्याङ्कन गर्न नहुने बताए।

यसैबीच, पार्टी अध्यक्षले मनपरी रूपमा कारबाही गरेका कारण केही नेताहरू पार्टी छाडेको भन्ने आरोपमा कुनै सत्यता नरहेको पनि उनले स्पष्ट पारे।

उनले विगत करिब पाँच वर्षमा पार्टीले कारबाही गरेका व्यक्तिहरूको संख्या निकै सीमित रहेको उल्लेख गर्दै आफ्नै निर्वाचन क्षेत्रमा बागी उम्मेदवार उठाउनेहरूलाई समेत तत्काल कारबाही नगरेको बताए।

प्रकाशित मिति: १३ असार २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com