काठमाडौं । सांसद शाहीले सडकको दुरावस्थाका कारण हुने दुर्घटनामा नागरिकको ज्यान गए सम्बन्धित सरकारी निकाय र निर्माण कम्पनीलाई कानुनी रूपमा जिम्मेवार बनाउने व्यवस्था गर्न माग गरेका छन्।

संसदमा बोल्दै उनले सडकको लापरबाहीका कारण मृत्यु भए त्यसका लागि जिम्मेवार निकाय र निर्माण कम्पनीविरुद्ध ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा चलाउन सकिने कानुनी व्यवस्था गर्न कानुन मन्त्रालयलाई संसदमार्फत आग्रह गरे।

शाहीले राज्यको कानुन केवल नागरिकलाई दण्डित गर्ने माध्यम मात्र नभई सरकार र सार्वजनिक निकायलाई पनि समान रूपमा उत्तरदायी बनाउने हुनुपर्ने धारणा राखे।

‘राज्य र कानुन जनतालाई मात्र दण्ड दिने माध्यम होइन। जनता र सरकार दुवैलाई समान रूपमा जिम्मेवार बनाउने कानुन आवश्यक छ,’ उनले भने, ‘सम्बन्धित निकायलाई उत्तरदायी बनाउने कानुन ल्याइयो भने त्यसलाई संसदबाट पारित गर्न हामी तयार छौं।’

उनले सार्वजनिक निकायको जवाफदेहिता सुनिश्चित गर्ने कानुनी व्यवस्था तत्काल आवश्यक रहेको उल्लेख गर्दै सडक निर्माण तथा मर्मतसम्भारमा हुने लापरबाहीप्रति कडा कानुनी कारबाहीको व्यवस्था गर्न सरकारसँग माग गरे।

प्रकाशित मिति: १४ असार २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com