काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्री प्रतिभा रावलले सहकारी ठगीमा संलग्न जीबी राई मात्रै नभई फरार रहेका सबै आरोपितलाई कानुनी दायरामा ल्याइने बताएकी छन्।
आइतबार प्रतिनिधिसभामा सहकारी (पहिलो संशोधन) विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री रावलले सरकारले बचतकर्ताको रकम फिर्ता गराउने विषयलाई उच्च प्राथमिकतामा राखेको बताइन्। उनले ऋणीबाट कडाइका साथ ऋण असुलीको प्रक्रिया अघि बढाइएको र त्यसका लागि आवश्यक नीतिगत तथा कानुनी अड्चन हटाइसकिएको जानकारी दिइन्।
सांसदहरूले सहकारी रकम अपचलनको आरोप लागेका जीबी राईलाई नेपाल नल्याइएको विषय उठाएपछि मन्त्री रावलले कुनै एक व्यक्तिलाई मात्र लक्षित नगरी सहकारी ठगीमा संलग्न सबै फरार व्यक्तिलाई खोजी गरी कानुनबमोजिम कारबाही गरिने स्पष्ट पारिन्। साथै, सहकारी क्षेत्रको शुद्धीकरण र बचतकर्ताको हित संरक्षणका लागि सरकार दृढतापूर्वक अघि बढिरहेको उनको भनाइ थियो।
प्रकाशित मिति: १४ असार २०८३, आइतबार












प्रतिक्रिया