काठमाडौं । तत्कालीन गृहमन्त्री रमेश लेखकले जेन–जी आन्दोलनसम्बन्धी प्रतिवेदन उपलब्ध गराउन राष्ट्रिय मानवअधिकार आयोगसँग औपचारिक रूपमा माग गरेका छन्।

गत २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनका क्रममा आफूलाई मानवअधिकार उल्लंघनकर्ताका रूपमा उल्लेख गरिएको आयोगको निष्कर्षप्रति असहमति जनाउँदै लेखकले त्यसको आधार, निर्णय र प्रमाणहरू उपलब्ध गराउन आग्रह गरेका हुन्।

आयोगलाई पठाएको पत्रमा उनले आफूलाई कुन आधारमा मानवअधिकार उल्लंघनकर्ता ठहर गरिएको हो भन्ने जानकारी आवश्यक रहेको उल्लेख गरेका छन्। साथै, आफ्नो पक्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न र सार्वजनिक रूपमा स्पष्ट पार्न प्रतिवेदन, कार्यादेश, श्रव्यदृश्य सामग्री, लिखित प्रमाण तथा आयोगले सरकारलाई पठाएको सिफारिससहितका सबै कागजात उपलब्ध गराउन माग गरेका छन्।

जेन–जी आन्दोलनबारे छानबिन गर्न आयोगकी सदस्य लीली थापाको संयोजकत्वमा गठित समितिले रमेश लेखकसहित केही व्यक्तिलाई मानवअधिकार उल्लंघन गरेको निष्कर्ष निकाल्दै कारबाहीको सिफारिस गरेको थियो।

यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सोही प्रतिवेदन माग गर्दै मानवअधिकार आयोगमा निवेदन दिएका थिए।

प्रकाशित मिति: १४ असार २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com