काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य वासुदेव घिमिरेले कक्षा–१२ का विद्यार्थीको भविष्यसँग सरकारले नै खेलबाड गरेको आरोप लगाउँदै शिक्षामन्त्रीमाथि कारबाही गर्न माग गरेका छन्।

सोमबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद घिमिरेले शिक्षा मन्त्रालयले गरेको निर्णयका कारण हजारौं विद्यार्थी अन्योलमा परेको दाबी गरे। उनले त्रुटिपूर्ण निर्णयका कारण विद्यार्थीको शैक्षिक भविष्य नै जोखिममा परेको भन्दै सरकारको जवाफदेहिता माग गरे।

सभाध्यक्षमार्फत प्रधानमन्त्रीलाई सम्बोधन गर्दै उनले शिक्षा मन्त्रालय र शिक्षामन्त्रीको भूमिकामाथि गम्भीर प्रश्न उठाए।

‘कक्षा–१२ का विद्यार्थीको भविष्य बिग्रिने गरी शिक्षा मन्त्रालय र शिक्षामन्त्रीबाट गम्भीर गल्ती भएको छ। त्रुटिपूर्ण निर्णयका कारण विद्यार्थीको शैक्षिक भविष्य प्रभावित भएको छ,’ उनले भने, ‘यसका लागि जिम्मेवार शिक्षामन्त्रीमाथि सरकारले के कारबाही गर्दैछ ?’

वासुदेव घिमिरेले शिक्षा जस्तो संवेदनशील क्षेत्रमा गरिने निर्णय दूरदर्शी, जिम्मेवार र विद्यार्थीको हितलाई केन्द्रमा राखेर हुनुपर्ने उल्लेख गर्दै यस्ता कमजोरी दोहोरिन नदिन सरकार गम्भीर बन्नुपर्ने धारणा व्यक्त गरे।

प्रकाशित मिति: १५ असार २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com