काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका पूर्वमन्त्री तथा नेकपा एमालेका नेता विष्णु पौडेललाई सोमबार विशेष अदालतमा उपस्थित गराइएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धानका लागि हिरासतमा रहेका पौडेललाई म्याद थप तथा अनुसन्धान प्रक्रियाका लागि विशेष अदालतमा उपस्थित गराएको हो।
पौडेललाई गत असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो। पदको दुरुपयोग गर्दै व्यवसायी दीपक भट्टलाई सेयर खरिद प्रक्रियामा अनुचित सहजीकरण गरेको आरोपमा विभागले उनीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान अघि बढाइरहेको छ।
यसअघि पौडेलको तर्फबाट दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले सम्बन्धित निकायका नाममा कारण देखाऊ आदेश जारी गरेको थियो।
उक्त प्रकरणमा अनुसन्धान जारी रहेकाले आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै विभागले अदालतमार्फत अनुसन्धान अघि बढाइरहेको जनाएको छ।
प्रकाशित मिति: १५ असार २०८३, सोमबार













प्रतिक्रिया