काठमाडौं । कीर्तिपुरस्थित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ३९ वर्षीय डम्बरबहादुर तामाङ रहेका छन्। उनलाई आइतबार सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार तामाङमाथि सार्वजनिक शान्ति भंग गरेको आरोपमा अनुसन्धान अघि बढाइएको छ।
प्रहरीले उनलाई हिरासतमा राखेर थप अनुसन्धान गर्न सोमबार अदालतबाट म्याद थपको अनुमति माग्ने तयारी गरेको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १५ असार २०८३, सोमबार













प्रतिक्रिया