काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न विशेष अदालतले अनुमति दिएको छ।
सोमबार विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले अनुसन्धान अपूरो रहेको भन्दै पौडेललाई थप तीन दिन थुनामा राख्न अनुमति दिएको हो।
पौडेललाई गत असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो। पक्राउसँगै विशेष अदालतले पहिलो चरणमा असार ८ गतेदेखि लागू हुने गरी सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।
उक्त म्याद असार १४ गते सकिएपछि अनुसन्धान जारी राख्न आवश्यक रहेको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पुनः म्याद थपको माग गरेको थियो। सोही मागअनुसार अदालतले थप तीन दिन हिरासतमा राख्ने अनुमति दिएको हो।
पौडेलमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान जारी रहेको छ।
प्रकाशित मिति: १५ असार २०८३, सोमबार













प्रतिक्रिया