काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिले सीमा क्षेत्रमा बसोबास गर्ने नागरिक अफ्ठ्यारोमा परेको बताएका छन्।
सोमबार कम्युनिष्ट आन्दोलनका संस्थापक नेता पुष्पलाल श्रेष्ठको १०२औँ जन्मजयन्तीका अवसरमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै रावलले नेपालले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा स्पष्ट अडान लिनुपर्ने बताए।
उनले नेपालको दक्षिणी सीमाअन्तर्गत लिम्पियाधुरा, लिपुलेक, कालापानी र सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन नसकेको उल्लेख गरे।
रावलका अनुसार ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिले सीमावर्ती क्षेत्रका नेपाली नागरिकमा थप अन्योल र चिन्ता बढाएको छ।
उनले सुस्ताका स्थानीयले पनि उक्त अभिव्यक्तिका कारण आफूहरू दिनप्रतिदिन असहज अवस्थामा परेको गुनासो गरेको बताए।
प्रकाशित मिति: १५ असार २०८३, सोमबार













प्रतिक्रिया