काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्व हस्तान्तरण गर्न आफू तयार रहेको बताएका छन्। सोमबार बसेको केन्द्रीय कमिटीको भर्चुअल बैठकलाई सम्बोधन गर्दै उनले एउटै व्यक्ति लामो समय शीर्ष नेतृत्वमा बसिरहनु उपयुक्त नहुने धारणा राखेका हुन्।

पार्टी प्रचार विभागका उपप्रमुख अशेष घिमिरेका अनुसार प्रचण्डले आसन्न महाधिवेशनमार्फत कम्तीमा ५० प्रतिशत युवालाई केन्द्रीय कमिटीमा ल्याउने तयारी रहेको जानकारी दिएका छन्। साथै, संविधान र लोकतान्त्रिक उपलब्धिको रक्षा गर्न लोकतान्त्रिक शक्तिबीच कार्यगत एकता आवश्यक रहेको उल्लेख गर्दै उनले राजनीतिक उपलब्धिमाथि बढ्दो चुनौतीप्रति सचेत रहन आग्रह गरेका छन्।

प्रकाशित मिति: १५ असार २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com