काठमाडौं। काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजारमा गरिएको नियमित परीक्षणका क्रममा भक्तपुरबाट ल्याइएको रायोको साग मा अत्यधिक विषादी फेला परेको छ।

कृषि विभागअन्तर्गत केन्द्रीय कृषि प्रयोगशालाको विषादी अवशेष द्रुत विश्लेषण एकाइका अनुसार मध्यपुर थिमीबाट ल्याइएको रायोको सागमा अर्गानोफस्फेट समूहको विषादी ८० दशमलव ०१६० प्रतिशत भेटिएको हो।

तोकिएको सुरक्षित सीमाभन्दा निकै बढी विषादी पाइएकाले उक्त सागलाई विसर्जन श्रेणीमा राखी नष्ट गर्ने निर्णय गरिएको छ।

प्रयोगशालाका अनुसार उक्त साग स्थानीय किसान सीता रेग्मीको उत्पादन हो। परीक्षणमा मानव स्वास्थ्यका लागि अयोग्य ठहरिएपछि बजारमा बिक्रीवितरण रोकिएको छ।

उक्त दिन कालीमाटी बजारमा भित्रिएका १२ प्रकारका तरकारीको परीक्षण गरिएको थियो। रायोको सागबाहेक अन्य ११ नमुना भने सुरक्षित सीमाभित्र रहेको जनाइएको छ।

नियमअनुसार ३५ प्रतिशतभन्दा कम विषादी भएका तरकारी सुरक्षित मानिन्छन्। ३५ देखि ४५ प्रतिशतसम्म भए केही दिन अलग राखेर पुनः परीक्षण गरिन्छ।

४५ प्रतिशतभन्दा बढी विषादी पाइएमा भने त्यस्ता तरकारीलाई मानव स्वास्थ्यका लागि हानिकारक मान्दै सिधै नष्ट गरिने व्यवस्था छ।

प्रकाशित मिति: १६ असार २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com