काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवबिच भेटवार्ता भएकाे छ।

भेटमा उनीहरूबिच स्थानीय तहमा देखिएका समस्या समाधान तथा सङ्घ–प्रदेश–स्थानीय तहबिचको समन्वयलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ।

भेटमा स्थानीय तहमा कर्मचारी व्यवस्थापन, दरबन्दी मिलान, बजेट तर्जुमा तथा अन्य चुनौतीका विषयमा छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ।

भेटमा मुख्यमन्त्री यादवले स्थानीय तहमा देखिएका समस्याबारे जानकार रहेको उल्लेख गर्दै समस्या समाधानमा प्रदेश सरकारका तर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

मन्त्री रावलले स्थानीय तहको बजेट तर्जुमा प्रक्रियालाई प्रभावकारी र व्यवस्थित बनाउन मन्त्रालयले तीन जना सहसचिवको नेतृत्वमा टोली परिचालन गरी स्थलगत सहजीकरण तथा समन्वय गरेको जानकारी दिइन्।

टोलीले पालिका प्रमुख, उपप्रमुख तथा सम्बन्धित पदाधिकारीसँग छलफल गरी स्थानीय तहका समस्या, आवश्यकता र चुनौतीबारे स्थलगत विवरण सङ्कलन गरेको थियो।

स्थानीय तहका समस्या समाधानका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको उल्लेख गर्दै मन्त्री रावलले स्थानीय सरकारलाई थप व्यवस्थित, प्रभावकारी र नागरिकमुखी बनाउन आवश्यक पहललाई निरन्तरता दिने बताइन्। छलफलमा मन्त्रालयका सचिव, सहसचिव, प्रतिनिधिसभा सदस्य रहबर अन्सारीलगायतको उपस्थिति थियो।

  • रासस

 

प्रकाशित मिति: १६ असार २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com